शनिबार, वैशाख १५, २०८१

यस्ता लक्षण देखिएमा हुन सक्छ समस्या, मिर्गौला तुरुन्तै जचाउनुहोस्

नेपालखोज २०७६ माघ १२ गते ७:०४

१. यदि छिटो थकाइ लागेको महसुस हुन्छ, काममा एकाग्रता हुँदैन

मिर्गौलामा समस्या देखिएमा हाम्रो शरीरमा टक्सिनहरुको विकास हुन्छ जसले हाम्रो रगतलाई पूर्ण रुपमा अक्सिजन शरीरका अंगहरुमा पुर्याउन दिँदैन । मिर्गौलामा समस्या हुँदा बिरामीमा अनेमिया पनि देखिन सक्छ ।

२. निद्रा लाग्दैन वा सुताइमा समस्या छ
जब मिर्गौलाले राम्रोसँग काम गर्दैनन्, हाम्रो शरीरले आराम महसुस गर्न सक्दैन । यसले गर्दा हामीलाई निद्रामा समस्या देखिन सक्छ । तौल बढ्नुसँग पनि मिर्गौला रोगको सम्बन्ध हुन्छ । जे होन्, राती निद्रा पर्न गाह्रो हुन्छ वा निद्रा राम्रो पर्दैन भने पनि हामीले मिर्गौला जचाउनु पर्छ ।

३. सुख्खा र चिलाइरहने छ छाला
राम्रा मिर्गौलाले राम्रो काम गर्न सक्छ । मिर्गौलाले हाम्रो शरीरलाई आवश्यक नपर्ने फोहोरहरु हटाउन सहयोग गर्छ । तर, यो फोहोर हाम्रो रगतमा आयो भने हाम्रो छाला सुख्खा हुन्छ र चिलाइरहने हुन्छ । यस्तो भएको खण्डमा पनि मिर्गौला जाँच्नु ठिक हुन्छ ।

४. बारम्बार पिसाब लागिरहन्छ
यदि तपाईंलाई बारम्बार पिसाब लागिरहन्छ र यो क्रम रातीमा झन् बढी हुन्छ भने मिर्गौला परीक्षण गरिहाल्नु पर्ने हुन्छ । त्यसो त कहिलेकांही यो प्रोस्टेटका कारण पनि हुनसक्छ तर यस्तो समस्या चाहिँ सबैभन्दा बढी मिर्गौलामा समस्यामा देखिएमा हुन्छ ।

५. पिसाबमा रगत देखियो वा फिँजजस्तो पिसाब भएमा
मिर्गौलाले खासमा पिसाबमा हाम्रो शरीरमा अनावश्यक कुराहरु मात्र पठाउँछ । तर, पिसाबमा रगत देखियो भने वा पिसाब फिँजजस्तो आएमा तत्काल जचाउनु पर्छ । किनकि यसले मिर्गौलाको गम्भीर समस्या इंगित गर्छ ।

६. खुट्टाहरु सुनिएको छ
खुट्टाहरु अस्वाभाविक रुपमा सुनिएको छ भने पनि त्यो मिर्गौलाको समस्या हुनसक्छ । त्यसैले गोलीगाँठा तथा खुट्टा सुनिएमा मिर्गौलाको चेकअप गरिहाल्नु पर्छ ।

प्रतिक्रिया