बुधबार, वैशाख १२, २०८१

हत्याको मुद्दा खेपिरहेका अग्नि सापकोटा आज प्रतिनिधिसभाको सभामुखमा निर्विरोध चयन हुँदै

नेपालखोज २०७६ माघ १२ गते ७:५०

काठमाडौं, १२ माघ । लामो समय रिक्त रहेको प्रतिनिधिसभाको सभामुख पदमा आज नेकपामा अग्नि सापकोटा आज निर्विरोध निर्वाचित हुँदैछन् ।
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध घोषणा भएसँगै मुलुकले नयाँ सभामुख पाउनेभएको हो ।

सभामुखका लागि सापकोटाको मात्रै एकल उम्मेदवारी परेकाले उनी नै निर्वाचित हुने छन् । सापकोटाको प्रस्तावकमा सुवास नेम्वाङ र समर्थकमा लक्ष्मणलाल कर्ण, ओनसरी घर्ती र देव गुरुङ थिए ।

सिन्धुपाल्चोक जिल्ला चौतारा ६ कुविण्डेमा २०१४ साल फागुन २४ गते जन्मिएका सापकोटा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा भारी मतान्तरले विजयी भएका थिए ।

२०५२ सालबाट भूमिगत भएका सापकोटा माओवादी शान्तिप्रक्रियामा नआउँदासम्म भूमिगत नै थिए भने जनयुद्धमा सिन्धुपाल्चोककै अर्जुन लामाको अपहरणपछि हत्याको मुद्दा खेप्दै आएका छन् । हालसम्म सापकोटाविरुछ अदालतमा चार मुद्दा विचाराधिन छ ।

प्रतिक्रिया