कांग्रेस पूर्वसांसद कार्कीको निधन
नेपालखोज
२०७६ माघ १२ गते १२:४१
पाल्पा । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको नेपाली काँग्रेस पाल्पाका सचिव झपिन्द्र गैरेले जानकारी दिए । उनकाृ मिर्गौलाको डायलायसिस हुँदै्र आए्रको थियो
पाल्पाको रम्भा गाउँपालिका–५ ताहूँमा विसं २००० मा जन्मनुभएका कार्की विसं २०४८ मा क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । विसं २०५१ देखि २०५६ सम्म उहाँले काँग्रेस पाल्पाको जिल्लासभापतिको जिम्मेवारी वहन गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया