शुक्रबार, वैशाख १४, २०८१

अग्नि सापकोटाविरुद्ध रिटको सुनुवाइ स्थगित

नेपालखोज २०७६ माघ १२ गते १२:५२

काठमाण्डौ । आइतबार सर्वोच्च अदालतमा सभामुखका उम्मेदवार अग्नि सापकोटाविरुद्ध परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । न्यायाधीश हरि फुयाँलले नैतिकताका आधारमा हेर्न नमिल्ने भनेपछि सापकोटाविरुद्धको सुनुवाई सरेको हो ।

सापकोटालाई सभामुख नबनाउन नहुने माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ फुयाँलको एकल इजलासमा परेको थियो ।

नेकपा स्थायी समिति सदस्य तथा सभामुखका एकल उम्मेदवार सापकोटा सभामुखमा आजै निर्वाचित हुनेछन् ।

प्रतिक्रिया