मंगलबार, असार १७, २०८२

एनसेल टावरमा आगजनी, एनसेलका सिम नचलाउन विप्लवकाे आग्रह

नेपालखोज २०७६ माघ १३ गते ११:५१

१३ माघ, चितवन । खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुगेको छ । आइतबार राति १०:४५ बजे अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहायताले राति नै आगो नियन्त्रणमा लिइएको थियो । आगो लगाउने समूहको खोजी भइरहेको उनले जानकारी दिए ।

त्यसैगरी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ ।

एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल ‘बढार्ने जनसंघर्ष’ को क्रममा हुने सम्भावित क्षतिप्रति सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ ।

हेर्नुहाेस विज्ञप्ति 

प्रतिक्रिया