शनिबार, वैशाख ८, २०८१

विवादित मिडिया काउन्सिल विधेयक आजै पारित गरिदै

नेपालखोज २०७६ माघ १३ गते १४:३२

काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सहमतिमै मिडिया काउन्सिल विधेयक टुंग्याएको छ। सोमबार बसेको बैठकले विधेयकमा रहेको जरिमाना, क्षतिपूर्ति र सजायको व्यवस्था हटाउन निर्णय गर्दै सहमतिमा विधेयक टुंग्याएको हो। आजै अपरान्ह विधेयक पारित गर्ने तयारी रहेको छ।

नेपाली कांग्रेसका सांसदहरूले विधेयकको व्यवस्थाबारे एक पटक दलका नेतासँग छलफल गर्न समय माग गरेपछि अहिले समय दिइएको छ। सोमबार साढे ३ बजे विधेयक पारित गर्ने तयारी छ।

सरकारले ल्याएको विधेयकमा यसअघि आमसञ्चार माध्यम, पत्रकार, प्रकाशकलाई काउन्सिलले २५ हजार देखि १० लाख रुपैयाँसम्म जरिमाना गराउन सक्ने प्रावधान थियो। विधेयकको यो प्रावधानको पत्रकार महासंघसहित सञ्चार क्षेत्रले विरोध गरेका थिए।

विधेयकमा प्रेस काउन्सिलले आचारसंहिता उल्लंघनमा काउन्सिलले जरिमाना गर्न सक्ने र कारबाही गर्न जिल्ला अदालतमा सिफारिस गर्न सक्नेसम्मको प्रावधान थियो। तर ती प्रावधान सच्याइने भएको छ।

प्रतिक्रिया