शुक्रबार, वैशाख २८, २०८१

कोरोनो भाइरसले ८१ को मृत्यु

नेपालखोज २०७६ माघ १३ गते १५:२७

काठमाडौँ । चीनमा फैलिएको वुहान कोरोनो भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८१ पुगेको छ । चीनभरि हालसम्म २ हजार ७ सय ४४ जनामा संक्रमण फेला परेको छ । यस प्रकोपलाई रोक्नको लागि चीनले विभिन्न प्रयास गरिरहेको छ ।

कोरोनोभाइरसको सबैभन्दा ठूलो प्रकोप त्यसको उद्गमस्थल मानिएको वुहानमै भएको छ । चीनको हुवेई प्रान्तको राजधानी वुहानमा पछिल्लो पटक २४ जना मरिसकेका छन् भने वुहानमा देखापरेको संक्रमणको गतिलाई रोक्न र सुस्त तुल्याउन पूरै क्षेत्रलाई ‘बन्द’ गरेका छन् ।

त्यहाँ जान र त्यहाँबाट बाहिर निस्कन निषेध गरिएको छ र त्यहाँका वासिन्दाहरुलाई घरभित्रै बस्न उर्दी नै जारी गरिएको छ । चीनका जनताका लागि सबैभन्दा दुर्भाग्यपूर्ण कुरा चाहिँ के भएको छ भने यो खतरनाक भाइरसको महामारी त्यो बेला देखापरेको छ, जुनबेला चिनियाँ जनताहरु नयाँ वर्ष मनाउने तयारी गरिरहेका थिए ।

प्रतिक्रिया