शुक्रबार, वैशाख ७, २०८१

नविन श्रेष्ठको अध्यक्षतामा सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको नयाँ नेतृत्व चयन

नेपालखोज २०७६ माघ १३ गते १७:२७

अबिरल आलोक

सौल, दक्षिण कोरिया । सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनले नविन श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरिएको छ ।
संस्थाले सम्पन्न तेश्रो अधिवेशनले वरिष्ठ उपाध्यक्ष दिपक बन्जारा तथा उपाध्यक्षहरुबेद आचार्य , यादब दङ्गाल र राज लोप्चन तमाङ, सचिव उत्सव खड्का, सह सचिव उत्तम खनाल र बिशाल श्रेष्ठ, कोषाध्यक्ष नवराज पाण्डे तथा सह कोषाध्यक्ष फुर्बा शेर्पा चयन गरेको छ । यसैगरी सदस्यहरुमा कर्साङ लामा ,जयराम कोइराला ,बसन्त थापा ,उर्मिला शिंह, पासाङ शेर्पा ,राजेन्द्र पौडेल ,आकृति अधिकारी ,पशुपती भण्डारी, राजेश पराजुली,भुवन दाहाल र कुमार नेपाल चयन भएका छन् ,

अधिवेशनले संस्थाको निवर्तमान सल्लाहकार के पि चौलागाइको संरक्षकत्वमा ४ सदस्यीय सल्लाहकारहरु समेत चयन गरेको छ। वरिष्ठ सल्लाहकार सञ्जिव भण्डारी सहित नारायण नेपाल, उज्चवल लामा र चन्द्र प्रकास साक्य सल्लाहकारमा चयन गरिएको छ ।

प्रतिक्रिया