बुधबार, वैशाख १२, २०८१

नेपाल खोज समाचार प्रभाव : ललितपुर महानगरले हटाउन थाल्यो होडिङ्ग बोर्ड

नेपालखोज २०७६ माघ १३ गते १७:३८

काठमाडौं । सर्वोच्च अदालतको आदेशको पालना भन्दै काठमाडौं महानगरपालिकाले थापाथली, त्रिपुरेश्वर, माइतीघर लगायतका सार्वजनिक स्थलमा राखेको होडिङ्ग बोर्डहरु हटाए पनि ललितपुर महागरले भने सर्वोच्च अदालतको आदेश पालन गरेको थिएन ।

कुपण्डोलदेखि शहर कुरुप बनाउने होडिङ्ग बोर्डहरु प्रशस्त देखिन्थे । ललितपुर महानगरले सर्वोच्चको आदेश अवज्ञा गर्दै आफ्नो क्षेत्रभित्र शहरलाई कुरुप बनाउने गरी होडिङ्ग बोर्डहरु राखेको समाचार नेपाल खोजमा पुस २४ गते प्रकाशन गरेको थियो ।

नेपाल खोजले समाचार प्रकाशन गरे लगतै ललितपुर महानगरले अवैधानिक र शहर कुरुप बनाउने होडिङ्ग वोर्ड छिट्ट हटाउने बताए पनि हटाईहाल्ला भन्नेमा शंका देखिएको थियो ।

नेपाल खोजकै समाचार प्रभावका कारण सोमबारबाट ललितपुर महानगरले होडिङ्ग बोर्ड हटाउने कार्यको शुरुवात गरको छ । महानगरले अवैधानिक रुपमा राखिएका होडिङ्ग बोर्ड मात्र होइन राजश्व संकलनका नाममा जोखिम युक्त ढंगले राखिएका अन्या होडिङ्ग बोर्डहरु हटाउने कार्यलाई तीव्रता दिने विश्वास लिइएको छ ।

प्रतिक्रिया