बुधबार, वैशाख १२, २०८१

१० दिनमा ५ हजार छोरी बिमित

नेपालखोज २०७६ माघ १४ गते ७:०४

१४ माघ, काठमाडाैं । प्रदेश २ को सरकारले सञ्चालन गरेको ‘बेटी पढाऊँ बेटी बचाऊँ’ कार्यक्रमअन्तर्गत छोरी शिक्षा बीमारमुद्दती खाता खोल्ने शिविरमा आकर्षण बढ्दै गएको छ ।

यही माघ २ बाट प्रदेशका ८ वटै जिल्लाामा सञ्चालन गरेको शिविरमार्फत अहिलेसम्म ५ हजारभन्दा बढी छोरी बिमित भएका छन् ।

२०७५ माघ १ यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कार्यक्रम प्रभावकारी हुन नसकेपछि गत एक वर्षमा जन्मिएका सबै छोरीको बीमा गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो । याे समाचार आजकाे गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया