बुधबार, वैशाख १२, २०८१

प्रतिनिधिसभा बैठक बस्दै, संवैधानिक आयोगका प्रतिवेदनहरु पेश गरिने कार्यसूची

नेपालखोज २०७६ माघ १४ गते ८:२४

१४ माघ, काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार आज बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा नवनिर्वचति सभामुख अग्निप्रसाद सापकोटालाई दलीय आधारमा सांसदहरुले बधाई तथा शुभकामना दिने कार्यसूची छ ।

सभामुख सापकोटाले संचालन गर्ने पहिलो बैठकमा संवैधानिक आयोगका केही प्रतिवेदनहरु पेश गर्ने संभावित कार्यसूची निर्धारण गरिएको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट न्याय परिषद् र न्याय सेवा आयोग, लोक सेवा आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको बार्षिक प्रतिवेदन बैठकमा पेश हुनेछ ।

कानुन निर्माणका लागि महत्वपूर्ण मानिने संसदको हिउँदे अधिवशेन पुस ४ गतेदेखि सुरु भए पनि सभामुख चयनमा सहमति नजुट्दा एक महिना भन्दा लामो समयसम्म बैठक नै बस्न सकेन् ।

अब दर्ता भएर बसेका विधेयकहरु निरन्तर अघि बढ्ने संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया