शुक्रबार, चैत १६, २०८०

कोरोना भाइरसका कारण चीनमा मर्नेको संख्या १०६ पुग्यो, यातायात आवागमनमा थप कडाइ

नेपालखोज २०७६ माघ १४ गते ८:३९

एजेन्सी । चिनियाँ अधिकारीहरूले कोरोनाभाइरसका कारण १०६ जनाको मृत्यु भएको र ४ हजार जना भन्दा बढी सक्रमित भएको बताएका छन् ।

यसैबीच भाइरसलाई फैलिनबाट रोक्न चीनमा यातायात आवागमनमा थप कडाइ गरिएको छ । भाइरस शुरू भएको वुहान शहर र त्यो शहर रहेको हुबे प्रान्तको अधिकांश स्थान बन्द जस्तै रहेको छ ।

चीनभन्दा बाहिर पनि यसको संक्रमण फैलिएको छ र मङ्गलवार आजसम्म कम्तीमा १६ देशमा ४७ सङ्क्रमणका घटना भएका छन् । कोरोना भाइरसका कारण चीनका नयाँ वर्षको बिदा तीन दिन थपिएको छ ।

यस्तै, अमेरिकाले आफ्ना नागरिकहरूलाई आफ्नो चीन यात्राबारे पुर्नविचार गर्न र हुबे प्रान्तमा यात्रा नगर्न सुझाएको छ । अन्य थुप्रै देशहरूले चीनमा यात्रा नगर्न सुझाव दिनुका साथै त्यहाँ फँसेका आफ्ना नागरिकहरूलाई फिर्ता ल्याउन योजना बनाएका छन् ।

प्रतिक्रिया