शुक्रबार, चैत १६, २०८०

राष्ट्रियसभामा समसायिक बिषयमा सांसदहरुको ध्यानाकर्षण

नेपालखोज २०७६ माघ १४ गते १९:१५

काठमाण्डौ । राष्ट्रियसभाको विशेष समयमा बोल्ने सदस्यहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य बलराम बाँस्कोटाले विदेशबाट आउने तरकारीमा रोकिएको जाँच प्रकृया सुरु गर्न सरकारको ध्यानाकर्षण गराए । विषाधियुक्त तरकारी खान बाध्य हुनुपरेको भन्दै उनले विदेशबाट आउने तरकारी रोकिएको जाँच प्रक्रिया सुरु गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले कृषिको व्यवसायीकरण, बजारीकरण र शहकारीकरण तथा युवाहरुलाई कृषिमा परिचालन गर्ने विषयमा भएको प्रगति जानकारी गराउन पनि कृषि मन्त्रालयको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभा सदस्य प्रकाश पन्थले चीन लगायत दर्जनौ मुलुकमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिन सुरु भएकाले पूर्व तयारीका लागि सरकारले काम सुरु गर्नेतर्फ सरकारका ध्यानाकर्षण गराएका छन् । नेपालमा अहिलेसम्म २ जनामा यसको संक्रमण देखिएको उल्लेख गर्दै पन्थले चीनमा अध्ययनरत नेपाली विद्यार्थी र विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्तिहरुलाई सुरक्षित नेपाल फर्काउने कुरामा गम्भिरतापूर्वक लाग्न सरकारर्लाइ आग्रह गरे ।

नेपालमा भ्रमणवर्ष चालिरहेको अवस्थामा विश्व समुदायलाई नेपाल सुरक्षित छ भन्ने विश्वास दिलाउने गरी काम गर्न अग्रह गर्दै उनले कोरोनाको संक्रमण थप फैलिन नदिन प्रभाकारी उपाय अपनाउन पनि आग्रह गरेका छन् । उनले उखु किसानहरुसँग सरकारले सम्झौता गरेपनि अझै सम्म उनीहरुको भूक्तानी दिन नसकेको प्रति पनि सरकारको ध्यानाकर्षण गराएका छन् । सीमा सुरक्षा र विवाद समाधानका विषयमा पनि उनले सरकार गम्भीर हुन नसकेको आरोप लगाए ।

प्रतिक्रिया