बिहीबार, वैशाख १३, २०८१

डा धनन्जय रेग्मी नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी

नेपालखोज २०७६ माघ १४ गते १८:४५

काठमाडौं । पर्यटन क्षेत्रको महत्वपूर्ण संस्थाका रुपमा रहेको नेपाला पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा डा धनन्जय रेग्मीलाई नियुक्त गरिएको छ । बोर्डको आज बसेको वैठकले छनौट समितिले सिफारिस गरेका मध्येबाट धेरै अंक ल्याएका रेग्मीलाई सर्वसम्मत रुपमा नियुक्ति गरेको हो । अघिल्लो साता छनौट समितिले प्रमुख कार्यकारी अधिकृतका लागि नाम सिफारिस गरेको भएपटि विभिन्न कारणले नियुक्ति रोकिएको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीको संयोजकत्वको छनौट समितिले डा धनन्जय रेग्मी, हिक्मत ऐर र दिपक बस्ताकोटीलाईलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया