शुक्रबार, वैशाख ७, २०८१

सवारी कर्जाको सीमा बढाउने तयारी

नेपालखोज २०७६ माघ १५ गते ७:३७

१५ माघ, काठमाडाैं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६-७७ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ । बैंकले हाल सवारीसाधन किन्न गाडीको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउँदै आएकोमा ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने तयारी गरिएको बैंक स्रोतले बताएको छ ।

पछिल्लो समय राष्ट्र बैंकले व्यक्तिगत कर्जा प्रवाहमा कडाइ गरेपछि सवारीसाधनका शोरुमहरुमा बुकिङ भइसकेको गाडीको पनि बुकिङ रद्द हुन थालेपछि त्यसलाई खुकुलो पार्न सवारीसाधन व्यवसायीहरुले लबिङ गर्दै आएका थिए । यो समाचार आजको आर्थिक अभियानमा छ ।

प्रतिक्रिया