बिहीबार, चैत ६, २०८१

नेकपाको दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै

नेपालखोज २०७६ माघ १५ गते ८:५५

१५ माघ, काठमाण्डौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो केन्द्रीय कमिटी बैठक आज बुधबारदेखि सुरु हुँदैछ । आज बुधबारदेखि सुरु हुने बैठक सोमबारसम्म चल्ने नेकपाले जनाएको छ ।

Advertisement

पार्टी एकता भएको डेढ वर्षपछि बैठक आज बस्न लागेको हो । नेकपाको गएको मङ्सिर २९ देखि पुस ६ गतेसम्म बसेको स्थायी कमिटी बैठकले एकीकरणको काम पूरा गराएसँगै केन्द्रीय कमिटीको बैठक राख्ने निर्णय गरेको थियो ।

पार्टीको अन्तरिम विधान–२०७५ मा केन्द्रीय कमिटीको बैठक ६ महिनामा एक पटक बस्ने व्यवस्था भए पनि डेढ वर्षमा पहिलो पटक बस्न लागेको हो । विधानमा २५ प्रतिशत सदस्यले लिखित माग गरेको अवस्थामा केन्द्रीय कमिटीको बैठक एक महिनाभित्र बस्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । यसअघि गएको पुस २३ मा बस्ने भनिएको बैठक राष्ट्रिय सभाको निर्वाचनका कारण सारिएको थियो ।

प्रतिक्रिया