बिहीबार, वैशाख १३, २०८१

कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ

नेपालखोज २०७६ माघ १५ गते ९:२६

१५ माघ, काठमाडौँ । नेपाल नेशनल अस्पताल कलङ्कीमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरिएको छ । अस्पतालले देशभर बढ्दै गएकोे बाथरोगलाई मध्यनजर गर्दै मङ्गलबार नेशनल सेन्टर फर रिउमेटिक डिजिज प्रालिको सहकार्यमा ‘बाथरोग सेन्टर’को शुभारम्भ गरेको हो ।

नवनिर्मित सेन्टरको शुभारम्भ कार्यक्रममा प्रदेशसभा सदस्य केशव पोखरेलले निजी क्षेत्रले नेपालको स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको उच्च प्रशंसा गरेँे । उनले तीनवटै सरकारको उच्च प्राथमिकतामा स्वास्थ्य र शिक्षा क्षेत्र परेको बताउँदै निजी क्षेत्रमा सञ्चालित अस्पतालले समेत गरिब जनतालाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्ने बताए ।

काठमाडौँ महानगरपालिका–१४ का अध्यक्ष शोभा सापकोटाले पछिल्लो समय कोरोना भाइरसले भयावह रूप लिँदै गएको बताउँदै उक्त रोगको उपचारका लागि अस्पताल तम्तयार अवस्थामा बस्नुपर्ने बताए ।

पाँच वर्ष पहिला स्थापना भएको अस्पतालले केही महिना अघिमात्र टेलिमेडिसिन सेवाको समेत शुभारम्भ गरेर दुर्गम क्षेत्रका बिरामीलाई समेत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया