शुक्रबार, वैशाख ७, २०८१

अप्टिकल फाइबर विछ्याउने कार्य ६० प्रतिशत सकियो : नेपाल टेलिकम

नेपालखोज २०७६ माघ १५ गते १८:०१

काठमाण्डौ । सूचना प्रविधि नेपाल निर्माण गर्ने आधारभूत पक्ष डिजिटल फाउण्डेशनको कामले तीब्रता पाएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताएका छन् ।

मध्यपहाडी लोकमार्ग र पूर्वपश्चम राजमार्ग अन्तर्गत प्रदेश नम्बर १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउनेको ६० प्रतिशत भन्दा बढी काम सम्पन्न भएको अधिकारीले नेपाल खोजलाई बताए ।

सूचना र प्रविधिको पहुँच विस्तार गर्दै सन् २०२०को अन्त्यसम्म सबै नेपालीहरुमा इन्टरनेट सेवा पु¥याउने लक्ष्यसहित गत असोज १६ गते देशैभर फोर जी सेवा सुरु गरिएको बताउँदै अधिकारीले भने, ‘हामी गुणस्तरीय ब्रोडब्याण्ड इन्टरनेट सेवा सबै नेपालीहरुमा पु¥याउन लागिपरेका छौं । हाम्रो मूलभूत दायित्व भनेको सबै नेपालीहरुमा सूचना प्रविधिको पहुँच सहज ढंगले पु¥याउने नै हो । यसको निम्ति हामी फिक्स ब्रोडब्याण्ड र फोर जी सेवा दुवैलाई एकैपटक उपभोक्ता समक्ष पु¥याउन लागिपरेका छौ ।’

नेपाल टेलिकलमले प्रदान गरेको फोर जी सेवाको गुणस्तरीयताका बारेमा बेला–बेलामा आउने गुनासोलाई टेलिकमले सम्बोधन गर्न लागिपरेको बताउँदै अधिकारीले भने, ‘फोर जी सेवा सुरु भएको केही समय संरचनागत रुपमा केही कमजोरी देखिएको अवश्य पनि हो । तर अबका केही समयमा उपभोक्ताहरुले यस्तो गुनासो गर्न पाउनुहुनेछैन । हामी पूर्ण रुपमा यस बारेमा सचेत छौं ।’

फोर जी सेवाको पहिलो चरणमा केही प्राविधिक समस्या देखिएका कुरालाई स्वभाविक रुपमा हेरेका नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले यस्ता समस्याले निरन्तरता पाउन नहुने बताउँछन् । उनी भन्छन्, ‘उपभोक्ताहरुले जुन गुणस्तरको सेवा प्राप्त गर्नपर्दछ, त्यसमा सम्झौता गर्न सकिँदैन । हामी यसमा सचेत छौं । तत्कालै गुणस्तरिता सुधार्नको निम्ति सम्बन्धित निकायमा निर्देशन दिन्छौं ।’

प्रतिक्रिया