शनिबार, जेठ ५, २०८१

लम्की बहुमुखि क्याम्पसले शैक्षिक तथा पर्यटन महोत्सव २०७६ आयोजना गर्दै

नेपालखोज २०७६ माघ १५ गते १९:२८

कैलाली लम्की । कैलालीको लम्कीमा शैक्षिक तथा पर्यटन महोत्सव २०७६ आयोजना गरिने भएको छ । लम्की बहुमुखि क्याम्पसको आयोजनामा महोत्सव आयोजना गर्न लागिएको बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिइएको छ । महोत्वस यहि फागुन ८ गते देखि १८ गते सम्म हुनेछ ।

१० दिन सम्म सञ्चालन गरिने महोत्सवमा शैक्षिक तथा प्राविधिक ज्ञान सम्बन्धीका प्रर्दशनीलाई जोड दिइने लम्की बहुमुखि क्याम्पसका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक बखत बहादुर विष्टले पत्रकार सम्मेलन मार्फत जानकारी दिए । यस क्षेत्रमा रहेको एक मात्र अग्रणी शैक्षिक संस्था लम्की बहुमुखि क्याम्पसको स्तरउन्नतीमा महोत्सवले सहयोग गर्ने बताउदै अध्यक्ष विष्टले महोत्सव सफलपार्न सबैसँग आग्रह समेत गरे । महोत्सवले नेपाल भ्रमण बर्ष २०२० लाई समेत ठुलो सहयोग पुग्ने विश्वास छ ।

‘गुणस्तरीय उच्च शिक्षा हाम्रो अभियान, पर्यटन प्रर्बद्धन हाम्रो पहिचान’ भन्ने मुल नाराका साथ यस क्षेत्रको एक मात्र अग्रणी शैक्षिक संस्था लम्की बहुमुखि क्याम्पसको शैक्षिक गुणस्तर सुधारका साथै स्तरउन्नतीका लागि आयोजना गरिएको महोत्सवले यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा समेत ठुलो टेवा पुग्ने लम्की बहुमुखि क्याम्पसका उपाध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका सांस्कृतिक संयोजक लबबहादुर शाहीले जानकारी दिए ।

महोत्सव सञ्चालनका लागि ५१ सदस्यीय मुल आयोजक समितिका साथै ७ सदस्यीय सचिवालय समिति र विभिन्न १७ वटा उप समिति समेत गठन भई सकेको शाहीले जानकारी दिए । महोत्सवमा १ सय बढी व्यापारिक,विभिन्न विज्ञान प्रविधि, कृर्षि तथा शैक्षिक सामग्रीका स्टलहरु राखिने छन, भने महोत्सव भित्र थारुगाउँका साथै थारु समुदायका विभिन्न खानपानका परिकारहरु राखिने बताइएको छ । साथै रमाईलो मेला, बाल उद्यान, विद्यार्थीद्धारा निर्मित शैक्षिक सामग्री प्रर्दशनी, शैक्षिक प्राविधिक सामग्रीको प्रर्दशनी, कृर्षि प्रर्दशनी समेत महोत्सवका आकर्षण रहेको जनाइएको छ ।

महोत्सवमा यस क्षेत्रका स्थानीय कलाकार, साहित्य, कला संस्कृतिका साथै अन्तर विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, गायन तथा नृत्य प्रतियोगिता समेत राखिनुका साथै राष्ट्रिय कलाकारको समेत प्रस्तुति रहने छ । महोत्सवमा हेलीकप्टरबाट पुष्पबृष्टि गराई उद्घान गरिने आयोजकले जनाएको छ । महोत्सवमा करीब ३ देखि ४ लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्नुका साथै करीब १ करोड बराबरको आर्थिक कारोबार हुने जनाइएको छ । महोत्सवमा अनुमानित ३५ लाख खर्च र ६० लाख आम्दानी गरीने अपेक्ष गरीएको छ । महोत्सवमा टिकट दर ५० र ४० र्निधारण गरीएको छ , भने अपाङ्ग, अशक्त र ७० बर्ष माथिका जेष्ठ नागरीकलाई परिचय पत्रको आधारमा निशुल्क प्रबेश रहने जनाइएको छ ।

महोत्सवलाई भव्यरुपमा सफल पार्नका लागि आर्थिक संयोजकमा महोत्सवका मुल संयोजक बखत बहादुर विष्ट, सांस्कृतिक संयोजकमा लबबहादुर शाही, स्टल ब्यावस्थापनमा विमलजंग कुँवर र मोहन बुढाथोकी, मञ्च ब्यावस्थापनमा कर्णबहादुर रावल, रमाईलो मेला, टेन्ट र साउण्डमा लवबहादुर शाही, टिकट र छपाईमा कमलप्रसाद खनाल, विज्ञान प्रविधि तथा शिक्षामा सरोजकुमार शाह, अतिथी सत्कारमा अम्मर बहादुर रावल, सुरक्षामा राजेश मयाल, प्रचार प्रसारमा देवानन्द जैशी, खानेपानी, विद्युत तथा सरसफाईमा विपतराम चौधरी, यातायात ब्यावस्थापनमा लबबहादुर शाही, प्राथमिक उपचारमा कमलबहादुर विष्ट, झाकि तथा उद्घाटन शत्रमा राजेश मयाल, प्रतियोगिता गणेश प्रसाद न्यौपाने, पार्किङ् ललित जैशी संयोजक रहने गरी उप समिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । अन्य महोत्सव भन्दा यो महोत्सव भिन्न भएकाले यस महोत्सवबाट बढी यस क्षेत्रका विद्यार्थि र शिक्षा क्षेत्रमा लागेकालागि उपयोगि बन्न सक्ने क्याम्पस ब्यावस्थापन समिति सदस्य तथा महोत्सव सचिवालय सदस्य कर्ण रावलले बताए । — देवानन्द न्यौपाने

प्रतिक्रिया