शुक्रबार, असोज ५, २०८०

शहिदको सम्झनामा विभिन्न कार्यक्रम गरि आज शहिद दिवस मनाइँदै

नेपालखोज २०७६ माघ १६ गते ८:०२

१६ माघ, काठमाण्डौ । देशका निम्ति आफ्नो बलिदानी दिने शहिदको सम्झनामा आज विहिबार शहीद दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । शहीद दिवसका अवसरमा अहिले बिहान रत्नपार्क शान्तिबाटिकादेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।

यस्तै लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भैरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रम हुँदैछ ।

शहीद दिवसको अवसरमा बर्सेनि माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ । एकतन्त्रीय र निरङ्कुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणाशासकले १९९७ सालको माघ १० गते काठमाण्डौको टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

प्रतिक्रिया