बुधबार, जेठ २, २०८१

कोरोना भाइरस – चीनमा मृत्यु हुनेको संख्या १७० पुग्यो, १३७० को अवस्था गम्भीर !

नेपालखोज २०७६ माघ १६ गते ८:१९

एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ७० पुगेको छ । चिनिया अधिकारीहरुका अनुसार ७ हजार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये १ हजार ३ सय ७० जनाको अवस्था गम्भीर रहेको छ । १२४ जनलाई भने उपचारपछि घर पठाइएको छ ।

चीनको वोहान सहरमा कोराना भाइरसबाट सबैभन्दा बढी प्रभावित छन् । चीनको ३१ भन्दा बढी प्रान्तमा यसको संक्रमण देखिएको छ । बुधबारमात्र १ हजार ७३७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको थियो । जसमध्ये १ सय ३१ जना सिकिस्त छन् भने २१ जनालाई उपचारपछि घर पठाइएको छ ।

हालसम्म विभिन्न अस्पतालमा उपचारमा आएका ८८ हजार ६ सय ९३ जनामध्ये ८१ हजार ९ सय ४७ जनालाई अस्पतालको निगरानीमा राखिएको छ । त्यस्तै २ हजार ३६४ जना भने उपचार गराएर फर्किएका छन ्।

प्रतिक्रिया