शनिबार, जेठ ५, २०८१

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण

नेपालखोज २०७६ माघ १६ गते १३:०१

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक पुगि परम्परानुसार वसन्त श्रवण गरेकी छिन् ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएकोे बिहान ९ः०५ बजेको शुभसाइतमा उनले वसन्त श्रवण गरेकी हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले पण्डितबाट फूलमाला, टीका र प्रसाद ग्रहण समेत गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो ।

प्रतिक्रिया