सोमबार, साउन ७, २०८१

अहिलेको आवश्यकता आर्थिक समृद्धि : उपराष्ट्रपति पुन

नेपालखोज २०७६ माघ १६ गते १९:०३

महाृत्तरी । उपराष्ट्रपति नन्दबहादुर पुनले भाषा, संस्कृति र परम्परामा देखिने विविधता नेपालीको वैभव भएको बताएका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् महोत्तरीले बर्दिवास–१४ मा आयोजना गरेको ‘आदिवासी, जनजाति, कृषि पर्यटन तथा व्यापार महोत्सव–२०७६’ को आज उद्घाटन गर्दै उनले यो विविधता संसारका सम्पन्न मानिने राष्ट्रमा विरलै पाइने बताए ।
“हामी हिमाली, पहाडी र मधेशी छौं, हामीले बोल्ने भाषा र वेषभूषा पनि फरक÷फरक छन्”, उपराष्ट्रपति पुनले भने “सबैप्रति उच्च सम्मान व्यक्त गर्ने हामीसँग नेपाली मुटु छ ।” निष्ठा, इमान, बहादुरी र दायित्व निर्वाहमा संसारभरिमै उदाहरणमा उभ्याइने नेपाली विविधताबीचका राष्ट्रिय एकताका प्रतिक रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति पुनले अहिलेको आवश्यकता आर्थिक समृद्धिको रहेको उल्लेख गर्दै विभिन्न संस्कृति परम्परा, रीतिथिति, भाषा र वेषभूषा नेपालीका साझा सम्पति रहेको बताए । सबैतहका सरकारले आ–आफ्नो तहबाट यिनको संरक्षण र संवद्र्धनमा ध्यान दिनपर्ने उनले बताए ।

“मुलुकमा सबै तहका निर्वाचन सम्पन्न भएर स्थिर सरकार बनेका छन्” उनले भने, “राजनीतिक परिवत्र्तनका लागि सात दशकको लामो सङ्घर्षपछि अब हामीले दिगो विकासतर्फ अघि बढ्नु छ । यसका लागि कृषि प्रवद्र्धन गरी उत्पादनमा वृद्धि, प्राकृतिक सम्पदाको न्यायोचित संरक्षण, संवद्र्धन र सदुपयोग गरिन पर्दछ ।” उपराष्ट्रपति पुनले अहिले राष्ट्र नेपाल भ्रमण वर्ष–२०२० को क्रममा रहेका बेला धार्मिकस्थल र पर्यटकीय क्षेत्रको सम्भार, संरक्षण र विकास गर्नसके समृद्धि अभियानमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया