शनिबार, असार २१, २०८२

काठमाडौँलगायत देशका अधिकांश ठाउँमा आज बादल, पूर्वको पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

नेपालखोज २०७६ माघ १७ गते ८:३०

१७ माघ, काठमाण्डौँ । आज शुक्रबार बिहान काठमाण्डौ उपत्यकासहित मध्य र पूर्वका पहाडी क्षेत्रका अधिकांश ठाउँहरुमा बादल लागेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालको पूर्वी भू–भाग नजिक निम्न चापीय प्रणाली रहेकोले पूर्वमा बादल तथा कुहिरो लागिरहेको छ ।आज मध्य र पूर्वी तराईमा हुस्सु तथा कुहिरो लागेको छ भने पश्चिम तराईको केही क्षेत्रमा पनि कुहिरो लागेको छ ।

शुक्रबार आज दिउँसो मध्य तथा पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखी सामान्य बादल लाग्ने र केही ठाउँमा पानीसमेत पर्ने विभागले जनाएको छ । राति पनि पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागको मौसम सफा रहने विभागले जनाएको छ ।

प्रतिक्रिया