शनिबार, वैशाख २२, २०८१

प्रमुख वाचकको ठगिधन्दा सार्वजनिक भएपछि महायज्ञ नै स्थगित

नेपालखोज २०७६ माघ १७ गते २१:३८

चितवन । धर्मको नाममा ठगि गर्ने गरेको आरोप लागेका आफूलाई बालयोगेश महाराज बताउने विजय भण्डारीका कारण चितवनको नारायणी नदी किनारामा शुरु गरिएको एक महिना लामो महायज्ञ एक हप्तामै स्थगत भएको छ । मूल वाचकका रुपमा रहेका बालयोगेशको ठगिधन्दाको समाचार सार्वजनिक भए पछि आयोजकले नै यज्ञ स्थगित गरेको हो ।

अघिल्लो शनिवार महायज्ञको उद्घाटन गर्न उपराष्ट्रपति नन्दबहादुर पुन चितवन पुगेका थिए । आयोजकका रुपमा रहेको श्रीपशुपतिनाथ मन्दिर व्यवस्थापन समिति भरतपुरले विज्ञप्ति नै जारी गरेर यज्ञ स्थगित गरेको जनाएको छ ।

प्रतिक्रिया