सम्झौता सकियो तर सडक विस्तारको काम आधा मात्रै
नेपालखोज
२०७६ माघ १७ गते २१:४२
ललितपुर । विस्तारका क्रममा रहेको नख्खु खोलाबाट भैँसेपाटी हुँदै बङ्गमतीसम्मको सडक आधा सम्पन्न भएको छ । तीन वर्ष पहिले शुरु भएको सडक विस्तार विभिन्न अवरोधका कारण ठेक्का सम्झौताको अवधि सकिँदासम्म आधा मात्रै सम्पन्न भएको हो ।
दुई ठेक्कामार्फत निर्माण अघि बढाइएका एउटा खण्डमा भौतिक प्रगति ६० प्रतिशत र अर्कोमा ४० प्रतिशत गरी औसतमा ५० प्रतिशत प्रगति देखिएको हो ।
काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडकको सीमाङ्कनमा गरेको ढिलाइले पनि निर्माण अघि बढाउन गारो परेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
सम्बन्धित
प्रतिक्रिया