सोमबार, जेठ ७, २०८१

राष्ट्रपति ट्रम्पमाथिको महाभियोग प्रस्ताव बिफल हुने सम्भावना बढ्यो

नेपालखोज २०७६ माघ १७ गते १९:३५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विपक्षी डेमोक्र्याट पार्टीले अघि बढाएको महाभियोग प्रस्तावलाई अमेरिकी माथिल्लो सदन (सिनेट)ले चाँडो टुङ्ग्याउने देखाएको छ । सिनेटमा बहुमत रहेको रिपब्लीकन पार्टीले ट्रम्पलाई समर्थन गरेका कारण उहाँ निर्दोष हुने सम्भावना पनि बढाएको हो ।

महाभियोगको सुनुवाईमा नयाँ साक्षीहरू झिकाउने डेमोक्र्याट पार्टीको आग्रहलाई सिनेटले अस्वीकार गरेका कारण महाभियोगको सुनुवाई चाँडै सकिन लागेको हो । डेमोक्र्याटले ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई साक्षीका रुपमा सिनेटमा आमन्त्रण गर्न खोजेका थिए तर रिपब्लिकन पार्टीआबद्ध सिनेटरहरुले महाभियोग राजनीतिक पूर्वाग्रहबाट आएकाले अब “थप साक्षीहरु आवश्यक छैन” भन्दै प्रतिबाद गरेका थिए ।
यद्यपी थप साक्षीहरु झिकाउने हो वा होइन भन्ने बारेमा शुक्रबार सिनेटमा मतदान हुनेछ । यदि ट्रम्पका प्रमुख सहयोगी बोल्टनलाई साक्षीका रुपमा सुनुवाईमा बोलाउने प्रस्ताव खारेज गरियो भने सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले महाभियोगको आरोपका सम्बन्धमा जतिसक्दो चाँडो सिनेटमा मतदान गर्न सक्ने अनुमान गरिएको छ । अमेरिकी संविधान अनुसार राष्ट्रपतिलाई पदबाट हटाउन दुई तिहाई बहुमत (वा ६७ जना सिनेटरहरू) आवश्यक छ, तर सिनेटमा हाल ५३–४७ ले रिपब्लिकन बहुमतमा रहेको छ । रिपब्लिकन पार्टीका सिनेटरहरुले ट्रम्पलाई समर्थन गरिरहेकाले उहाँलाई निर्दोष ठहराउने निश्चित छ ।

प्रतिक्रिया