शनिबार, जेठ ५, २०८१

धरानमा कोरोना भाइरसको आशंका

नेपालखोज २०७६ माघ १७ गते १९:४२

धरान । कोरोना भाइरसको चर्चासँग त्रास फैलिएको बेला धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना भाइरस सङ्क्रमण भएको आशंकामा अस्पतालले परीक्षणका लागि राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा पठाएको छ ।

उच्च ज्वरो र घाँटीको दुःखाइका कारण उनी उपचारका लागि प्रतिष्ठानको आकस्मिक कक्षमा बिहीबार भर्ना भएका थिए । उनलाई बिहीबार साँझ नै काठमाडौं पठाइएको अकास्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लले जानकारी दिए । उपचारका लागि आएको बिरामीलाई तीन दिनदेखि १०३ डिग्रीसम्म ज्वरो आएको उनले बताए ।

धरान–११ घर भएका उनी पाँच दिनअघि मात्र दक्षिण कोरियाबाट नेपाल आएको बताइएको छ । उनी कोरियामा हुँदै भाइरसको चर्चा भएको र उनी आफै भाइरसको शंका गरेपछि मेडिसिन विभाग र प्रतिष्ठानको विज्ञ टोलीसँगको परामर्श गरी उहाँलाई परीक्षणका लागि टेकु पठाइएको डा मल्लले बताए ।

प्रतिक्रिया