शुक्रबार, वैशाख २१, २०८१

बाँकी लाइसेन्स प्रिन्ट गर्न छ महिना लाग्छ : यातायात व्यवस्था विभाग

नेपालखोज २०७६ माघ १८ गते ८:४०

१८ माघ, काठमाडौँ । प्रिन्ट गर्न बाँकी रहेका करिब सात लाख स्मार्ट लाइसेन्स आगामी छ महिनामा सकिने यातायात व्यवस्था विभागले जनाएको छ ।

तीनवटा पुराना र एउटा मास प्रिन्टरलाई तीन सिफ्टमा सञ्चालन गरी अहिले दैनिक करिब पाँच हजार लाइसेन्स प्रिन्ट भइरहेको विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो ।

विभागले दुई हप्तादेखि बिहान, दिउँसो र साँझ गरी तीन सिफ्टमा प्रिन्ट मेसिन सञ्चालन गरेको छ । यातायात व्यवस्था विभागले मागअनुसार लाइसेन्स वितरण गर्न नसकेपछि २०७२ सालदेखि प्रिन्टको काम गर्न बाँकी रहँदै आएको थियो ।

सेवाग्राहीले डेढ वर्षसम्म लाइसेन्स कुर्नु परेको विभागले जनाएको छ । मागअनुसारको आपूर्ति हुन नसक्दा प्रिन्ट बाँकी रहेको विभागको दाबी छ । महानिर्देशक हमालका अनुसार अहिले दैनिक तीन हजार लाइसेन्सको माग छ ।

महिनामा करिब ९० हजार लाइसेन्सको माग छ तर मागको ५० प्रतिशत मात्र प्रिन्ट गर्ने क्षमता भएकाले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया