शनिबार, वैशाख २२, २०८१

काठमाडौंमा भीड हुने ६९ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने तयारी

नेपालखोज २०७६ माघ १८ गते १०:०२

१८ माघ, काठमाडौँ । काठमाडौं महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ ।

नयाँ शौचालय निर्माणसँगै सञ्चालनमा रहेका सार्वजनिक शौचालयको गुणस्तर सुधार गर्नुपर्ने, पहुँच बढाउनुपर्ने, पेट्रोल पम्पलगायत सार्वजनिक सेवा प्रदायक निकाय र होटल, रेष्टुराँलगायत निजी तथा व्यावसायिक स्थान सञ्चालन भइरहेका शौचालयलाई स्तरोन्नति गरिने काठमाडौँ महानगर पालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले सामाजिक उत्तरदायित्व अन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख खड्गीलाई जिम्मेवारी दिइएको थियो । महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक शौचालय निर्माणका लागि रु तीन करोड विनियोजन गरेको जनाएको छ ।

प्रतिक्रिया