नागरिकहरुमा नैराश्यता बढ्दै जानु दुखद् भएको कांग्रेस नेता पौडेलको भनाई
नेपालखोज
२०७६ माघ १८ गते १८:२१
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यले समाजको मूल्य र मान्यतालाई बचाइराख्न सहयोग पु¥याउने बताएका छन् ।
सर्वज्ञ वाग्लेद्वारा लिखित उपन्यास ‘पुनर्वास’को आज लोकार्पण गर्दै उनले समाज नकारात्मकतातर्फ अग्रसर बन्दै गएको हुँदा साहित्यले सकारात्मकता र परिवर्तनलाई आत्मसात् गर्ने बताए ।
“मुलुकमा ठूलो परिवर्तन आए पनि नागरिकमा नैराश्यता बढ्दै जानु दुःखद् पक्ष हो”, वरिष्ठ नेता पौडेलले भने, “नागरिकका पक्षमा सरकार गम्भीर बन्नु आवश्यक छ ।”
सम्बन्धित
प्रतिक्रिया