सोमबार, जेठ ७, २०८१

चीनमा कोरोनाको महामारी, मृत्यु हुनेको संख्या ३ सय ४ पुग्यो

नेपालखोज २०७६ माघ १९ गते ९:४०

एजेन्सी । चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या तीन सय नाघेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाका कारण फैलिएको भाइरका कारण शनिबार हिजो सम्ममा चीनमा ३ सय ४ जनाको ज्यान गएको चिनियाँ अधिकारीले जनाएका छन् ।

संक्रमणबाट १४ हजार ३ सय ८० जनामा सक्रमण रहेको छ । कोरोनाका कारण ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ८५ जना उपचारका क्रममा फर्किने अवस्थामा रहेको चीनको राष्ट्रिय स्वास्थ्य कमिशनले जनाएको छ । चीनले कोरोनाबाट सक्रमणमा रहेका हरुलाई छुट्टै अस्पतालमा राख्नका लागि अस्पताल तयार गरिसकेको छ ।

उसले १० दिनमै नयाँ अस्पतालको निर्माण गरिसकेको छ । कोरोना भाइसबाट संक्रमणमा परेकालाई छुट्टै अस्पतालमा राखेर उपचार गर्ने जनाएको छ ।

नेपालमा पनि कोरोना भाइसको सक्रमण भेटिएको छ । यसको संक्रमण भारतमा पनि देखिएको छ । भाइसका कारण नेपालसहित १८ देशमा फैलिसकेको छ । अमेरिका र अष्ट्रेलियाले चिनियाँ नागरिकलाई आफ्नो देशमा भ्रमण गर्न प्रतिबन्ध लागाएका छन् ।

प्रतिक्रिया