मंगलबार, असार १७, २०८२

कैलालीमा साझा कानून बनाउन सहमति

नेपालखोज २०७६ माघ १९ गते १०:३७

१९ माघ, कैलाली । कैलाली जिल्लाका स्थानीय तहले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउन र लागु पदार्थको दुव्र्यसन न्यूनीकरण गर्नका लागि साझा कानून बनाउने समझदारी गरेका छन् ।

शनिबार यहाँ बसेको जिल्लाका १३ वटै स्थानीय तहका पदाधिकारीको बैठकले मदिराको बिक्री वितरणलाई व्यवस्थित बनाउनका लागि साझा कानून ल्याउने निर्णय गरेको हो । यसका लागि जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा तीन सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ ।

समितिको सदस्यमा धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत र टीकापुर नगरपालिकाका कानूनी सल्लाहकार राख्ने सहमति गरिएको छ । समितिले एक महिनाभित्र मस्यौदा तयार पारेर स्थानीय तहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको बैठकमा सहभागी जिल्ला समन्वय समितिका संयोजक थापाले जानकारी दिए ।

बनाइने कानूनमा मदिरा बिक्री वितरण गर्ने समय, क्षेत्रलगायत मदिरा सेवन गर्नेका लागि समेत ‘कार्ड’को व्यवस्था गर्ने प्रावधान गर्न लागिएको बताइएको छ ।

प्रतिक्रिया