सोमबार, असार ३२, २०८१

पाँच नेपाली विद्यार्थी बेइजिङ विमानस्थलमै रोकिए, कोरोना संक्रमण भएको आशंका

नेपालखोज २०७६ माघ १९ गते १०:४२

१९ माघ, काठमाडौँ । नेपाल जान विमानस्थल पुगेका पाँच नेपाली विद्यार्थीलाई बेइजिङका दुई विमानस्थलले कोरोना संक्रमण भएको आशंकामा रोकेका छन् ।

कोरोना भाइरस संक्रमण बढेपछि क्वारेन्टाइन परीक्षणबाट पहिलोपटक चिनियाँ विमानस्थलले नेपाली विद्यार्थीलाई रोकेको खबर आजको नागरिक दैनिकमा बेइजिङबाट चेतनाथ आचार्यले लेखेका छन् ।

हिमालय एयरलाइन्सको विमानबाट काठमाडौँ जान लागेका चार नेपाली विद्यार्थीलाई बेइजिङस्थित तासिङ विमानस्थलले शुक्रबार साँझ उड्ने अनुमति दिएन् । त्यसैगरी बेइजिङकै क्यापिटल विमानस्थलले एक विद्यार्थीलाई शुक्रबार नै रोकेको छ ।

बेइजिङको नजिकै रहेको हुपेई प्रान्तको उत्तरी हुपेई विश्वविद्यालयमा एमबिबिएस पाँचौँ वर्षमा अध्ययनरत जनकपुरका प्रियरञ्जन पण्डितलाई विमानस्थलले क्वारेन्टाइन परीक्षण गर्दा ज्वरो देखिएकाले रोकेको उनले बताए ।

विमानस्थलमा शरीरको परीक्षण गर्ने मिसिनले उनको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियस देखाएको थियो । कोरोना भाइरसको संक्रमण हुन थालेपछि ३७ दशमलव १ डिग्री सेल्सियसभन्दा बढी तापक्रम हुने व्यक्तिलाई चिनियाँ विमानस्थलले उड्न प्रतिवन्ध लगाउने गरेको छ।

प्रतिक्रिया