न्यूजल्याण्डका पूर्वप्रधानमन्त्री मुरेको निधन
नेपालखोज
२०७६ माघ १९ गते १८:३१
एजेन्सी । न्यूजल्याण्डका पूर्वप्रधानमन्त्री माइक मुरेको आइतबार ७१ वर्षको उमेरमा निधन भएको छ ।
उनी सन् १९९० देखि न्युजल्याण्डको ३४औँ प्रधानमन्त्री बनेका थिए । उनको आफ्नै निवासमा निधन भएको अधिकारीहरुले जनाएका छन् ।
उनको निधनप्रति प्रधानमन्त्री जसिन्दा एर्डेर्नले दुःख व्यक्त गरेका छन् । देशको व्यापारको क्षेत्रमा मुरेको ठूलो योगदान रहेको उनले स्मरण गरेका छन् ।
विश्व व्यापार सङ्गठन ९डब्लुटिओ०लाई अन्तर्राष्ट्रियस्तरमा अहिलेको अवस्थामा पु¥याउन मुरेले नेतृत्वदायी भूमिका खेलेको पनि उनले उल्लेख गरेका छन् ।
हरेकले उनलाई न्युजल्याण्डका लागि र न्युजल्याण्डलाई विश्वसँग जोड्नका लागि जन्मिएका थिए भन्ने गरेका छन्, प्रधानमन्त्री जसिन्दाले भने ।
उनी सन् १९९९ मा डब्लुटिओको महानिर्देशकमा नियुक्त भएका थिए ।
सम्बन्धित
प्रतिक्रिया