शनिबार, वैशाख २२, २०८१

‘आयोडिन मन्थ’ अभियानमा जुट्यो साल्ट ट्रेडिङ्ग

नेपालखोज २०७६ माघ २० गते १६:१४

काठमाडौं । नेपालमा आयोडिन युक्त नून विक्री वितरण गर्दै आईरहेको आधिकारिक संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशनले हरेक वर्ष मनाउँदै आईरहेको ‘आयोडिन मन्थ’ शुरु भएको छ । कर्पोरेशनले प्रत्येक वर्ष फेव्रुअरी १ देखि एक महिना आयोडिन महिनाका रुपमा मनाउँदै आईरहेको छ ।

आयोडिन युक्त नूनको प्रवद्र्धन तथा आयोडिनको कमीबाट हुने विकृति निवारण् सम्वन्धिी जनचेतना जगाउने उदेश्य अनुरुप यो कार्यक्रम शुरु गरिएको हो । युनिभर्सल साल्ट आयोडाइजेशनको सदस्य राष्ट्रको हैसियतले नेपालमा सन् १९९८ देखि हरेक फेबु्रअरी महिनालाई ‘आयोडिन मन्थ’ घोषणा गरी विभिन्न चेतनामूलक कार्यक्रम सहित मनाउँदै आईरहेको छ ।

नेपाल सरकारले दिएको निर्देशन अनुसार कर्पोरेशनले आयोडिनयुक्त नूनको आपूर्ति गर्दै आएको र नेपाल सरकारले लिएको सहशताब्दी विकास लक्ष्य अनुरुप सन् २०१८ सम्ममा उचित मात्रामा आयोडिन भएको नून उपभोग गर्ने घरसंख्या ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको मा सन् २०१६ मा नै ९४.५ प्रतिशत पुगेको साल्ट ट्रेडिङ्गले जनाएको छ ।

प्रतिक्रिया