काभ्रेमा चितुवाको आक्रमणबाट ८ घाइते
२१ माघ, काभ्रे । पाँचखाल नगरपालिका–६ गहते फाँटमा चितुवाको आक्रमणबाट आठ जना घाइते भएका छन् । चितुवाको आक्रमणबाट कृष्ण बहादुर श्रेष्ठ, बैकुण्ठ कायस्थ, अर्जुन श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, नारायण बडाल, तिलकुमारी सत्याल, सरस्वती कायस्था र मनोज विक घाइते हुन् ।
जंगलबाट गाउँ पसेका चितुवाले आइतबार र सोमबार पाँचखालमा मात्रै ८ जनालाई घाईते बनाएको छ भने भुम्लुमा तीन दिनमा १० वटा बाख्रा खाएको प्रहरीले जनाएको छ ।
चितुवाले घाइते बनाएको खबरसँगै नियन्त्रणमा लिन वन कार्यालय र प्रहरीको टोली घटनास्थल पुग्दा चितुवा मरेको पाइएको जिल्ला प्रहरी प्रमुख एसपी रविकुमार पौडेलले जानकारी दिए ।
पाँचखाल नगरपालिका(६ का अध्यक्ष रामशरण दुलालले चितुवालाई नियन्त्रणमा लिन खोज्दा आक्रमण गरेपछि प्रतिकारमा मारिएको बताए । घाइते मध्ये केहीको धुलिखेल अस्पताल र केहिको काठमाडौं उपचारको लागि रिफर गरिएको छ।
प्रतिक्रिया