बुधबार, वैशाख १२, २०८१

प्रधानमन्त्रीका सल्लाहकार रिमालसँग मिलेर गृहसचिवले गरे अनैतिक काम

नेपालखोज २०७६ माघ २१ गते १५:४०

काठमाडौं । प्रशासनिक रुपमा उच्च तह मानिस सचिव पदमा पुगेका व्यक्तिहरु घर जाँदा जाँदै पनि राज्यको ढुकुटी कसरी दाहेन गर्दछन् भन्नेको कुराको पुष्टि बाहिरबाट मात्र इमान्दार देखिएका निवर्तमान गृहसचिवले पुष्टि गरिदिएका छन् ।

जागिरे जीवनको अवकाश पछि प्राप्त हुने पेन्सनमा मासिक ३ हजार ५ सय बढ्ने भएपछि अवकाश प्राप्त हुने मितिको ठिक चार दिन अघि मात्र उनले राजीनामा दिएर स्वीकृत गराए ।

बाहिर जति नै भुँइफुट्टा गफ दिएपनि राजीनामा स्वीकृत भएपछि पनि उनले रातारात ३४ जना जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडियो) हरुको माघ १९ गते सरुवा गरी गृह मन्त्रालयबाट रुन्चे हाँसो लिएर बिदा भएका छन् राई ।

प्रेमकुमार राईले प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालसंग बसेर पद र अख्तियारको दुरूपयोग गर्दै गृह मन्त्रालयका सहसचिव, उपसचिवको सरूवा गरेर इतिहासमै नभएको अनैतिक काम गरेर सरकारी जागिरे जीवनबाट विदा भएका छन् । आफ्नो कार्यकाल सकिएपछि पनि गृहको काममा हस्तक्षोप गरेर गृह मन्त्री रामवहादुर थापा(बादल )लाइ समेत उनी रबर स्टाम्प मात्रै हुन् भन्ने सन्देश पनि जाँदाजाँदै दिएर गए ।

त्यत्तिमात्रै होइन नविनयुक्त गृह सचिवलाइ समेत रबर स्ट्याम्प मात्रै हो भन्ने सन्देश महेश्वर नेउपानेको गृह मन्त्रालयमा सरूवा हुनु एक दिन अघि २०७६ माघ १९ गते मात्रै गृहका सहसचिव र उपसचिव ३४ जनाको सरूवा गरियो । प्रेमकुमार राईको यस्तो अनैतिक काम देखेर निजामती कर्मचारीहरूले आश्चर्य प्रकट गरेका छन् ।

कुनै पनि मन्त्रालयमा सचिवले काम गर्न आफ्नो टीम बनाउन चाहन्छ । तर, नवनियुक्त गृह सचिव महेश्वर नेउपानेको हकमा भने पहिलो गाँसमै ढुंगा पर्न गएको छ । राजीनामा दिएर हिंडेका प्रेमकुमार राइले यस्तो अनैतिक काम गरेर निजामती सेवामा गलत परम्परा र कलंकको इतिहास टाँसेर हिंडेका छन् । निजामती क्षेत्रमा जग हँसाउने काम पनि प्रेमकुमार राइबाट नै भएको छ ।

प्रतिक्रिया