बिहीबार, वैशाख १३, २०८१

सरकारले चीनमा रहेका नेपालीलाई स्वदेश ल्याउँदै

नेपालखोज २०७६ माघ २१ गते १६:३६

काठमाडौँ। सरकारले चीनको वुहानमा रहेका आफ्ना नागरिकहरुलाई नेपाल ल्याउने भएको छ । यसकालागि संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार आदेश जारी भैसकेको बताइएको छ । कोरोना भाइरसले चीनमा आक्रान्त फैलिरहेका बेला सरकारले आफ्ना नागरिकको रक्षाकालागि यो कदम चलाएको हो ।

मंगलबार संसदलाई यसबारे जानकारी दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नेपालीहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राख्न मन्त्रिपरिषद बैठकले आवश्यक आदेश जारी गरेको जानकारी दिए । ‘संक्रामक रोग ऐन २०२० को दफा २ को ३ अनुसार सरकारले आदेश जारी गरेर यो ढंगले राख्न सक्ने भन्ने कानूनी प्रावधान अन्तर्गत हिजो मन्त्रिपरिषद बैठकबाट आदेश जारी गरेका छौं’ उने भने ।

तर उनीहरुलाई कहिले नेपाल ल्याइन्छ भन्ने टुंगो छैन । चीनबाट उद्दार गरिनेहरुबाट अरुमा कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सचेतता अपनाएको भन्दै जोखिम नहुने सुनिश्चितता गरेर मात्र ल्याउने मन्त्री ढकालले बताए । सरकारले चीनबाट नेपाल फर्किन चाहनेलाई त्यहाँको दूतावासमा फारम भर्ना लगाएको थियो, जसमा १ सय ८० जनाले स्वदेश फर्किन चाहेको बताएका छन् ।

मन्त्री ढकालकाअनुसार चीनमा परीक्षण गरेर संक्रमित नभएको पुष्टि भए मात्र नेपाल ल्याइनेछ । उनले भने, ‘त्यहाँ जाँच गर्दा पोजेटिभ भेटिए चीन सरकारले पठाउँदैन । संक्रमण नभएको पुष्टि भएपछि पनि सावधानीका साथ ल्याउँछौं’ ।

त्यसपछि पनि नेपाल ल्याउन सहज छैन । वुहानमा एयरपोर्ट बन्द गरिएको छ भने सार्वजनिक यातायात पनि चन्दैन । त्यसैले चीन सरकारको समन्वयमा मात्र नेपालहीरलाई उद्दार गर्न सकिने मन्त्री ढकालले जानकारी दिए ।

नेपालको विमानस्थलमा पनि विशेष सुरक्षाको प्रविधि अपनाएका स्वास्थ्य प्राविधिकले उनीहरुलाई रिसिभ गरी १४ दिन क्वारेन्टाइनमा राख्ने योजना सरकारको छ । ‘१४ दिनसम्मको परीक्षणबाट भाइरस देखिएन भन्ने प्रमाणित भएपछि उनीहरु सार्वजनिक सम्पर्कमा, आफन्तसँग भेटघाटमा जान दिने बताइएको छ ।

चीनबाट फर्काइएकाहरुलाई राख्ने ठाउँमा सकेसम्म एक जनालाई एउटा कोठामा र सम्भव नभए कम्तीमा ६ फिट टाढा राख्ने स्वास्थ्यमन्त्री ढकालले बताए । चीनबाट ल्याइने नेपालीहरुलाई राख्ने ठाउँबारे सरकार निश्कर्ष नजिक रहेको बताए । उनकाअनुसार स्तीदेखि टाढा राख्ने तयारी छ ।

मन्त्री ढकालले चीनबाट ल्याएका नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएमा तत्कालै अस्पतालमा उपचार गर्न ३ वटा अस्पतालमा ४३ वटा आइसोलेटेड वार्डको व्यवस्था गरिएको बताए ।
उपत्यकाबाहिर पोखरा, चितवन र भैरहवामा कोरोना संक्रमण परीक्षण गर्न हेल्प डेस्कको व्यवस्था गरिएको छ ।

यसैगरी, सरकारले संक्रामक रोग र प्राकृतिक प्रकोपको बेलामा तत्काल उपचार गर्न ३ सय शैयासम्मको अस्पताल बनाउने तयारी गरेको मन्त्री ढकालले जानकारी गराए छ ।

प्रतिक्रिया