बुधबार, वैशाख १२, २०८१

भ्रष्टाचारमा संलग्नलाई तत्काल कारबाही गर्न माग

नेपालखोज २०७६ माघ २१ गते १९:३३

काठमाडौँ । नेपाल राष्ट्रिय सनातन पार्टीले सरकारका कारण पछिल्लो समयमा हरेक क्षेत्रमा कमिशन र भ्रष्टाचारको खेल मौलाउँदै गएको आरोप लगाएको छ । गाँस, बास कपास, पूर्वाधार विकासलगायत जनताका समस्या ज्यूँका त्यूँ रहेको भन्दै भ्रष्टाचारमा संलग्न व्यक्तिलाई कारवाही गरी विकासमा केन्द्रित हुन सरकारसँग यस पार्टीले माग गरेको छ । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी सनातन पार्टीले यस्तो माग गरेको हो ।

नेपाल राष्ट्रिय सनातन पार्टीका अध्यक्ष गोविन्दप्रसाद रिजालले भने, “सत्ताका लागि हुने अस्वस्थ प्रतिस्पर्धा, राष्ट्रिय गौरवको आयोजनामा देखिएको कमिशनको खेल, सरकारी निकायमा देखिएको भ्रष्टाचारले सुशासन कायम हुन सकेको छैन् ।”

सो पार्टीले यही माघ ५ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको थियो । रिजालको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय समिति गठन भएको छ । पार्टीको उपाध्यक्षमा शङ्कर थापा र विष्णुप्रसाद शिवाकोटी, महासचिवमा गणेश घिमिरे, सचिवमा प्रज्जवलकान्त मैनाली र कोषाध्यक्षमा अनिता शर्मा रहेकी छिन् ।

प्रतिक्रिया