शुक्रबार, चैत १६, २०८०

प्रधानमन्त्रीले पत्रकारलाई नआत्तिन आग्रह गर्दै भने,‘प्रेस स्वतन्त्रताको हनन् हुँदैन’

नेपालखोज २०७६ माघ २१ गते १९:४१

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अगाडि नेपाली पत्रकारहरुको मन र मुटु नभएको भनी गरेको टिप्पणीका बिषयमा स्पष्टीकरण दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीका बारेमा सही र तथ्यपरक समाचार लेख्न नेपाली सञ्चार माध्यमहरुमा कार्यरत पत्रकारहरु मन र मुटु नै नभएको तर्क गरेका थिए । उनको यो तर्कको व्यापक आलोचना भएको थियो भने नेपाली सञ्चार माध्यमहरुले समेत विभिन्न लेख र विचार मार्फत उनको यो भनाइको खण्डन गरेका थिए ।

मंगलबार प्रधानमन्त्री ओलीले बालुवाटारमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग गरेको छलफल कार्यक्रममा सरकारले प्रेस स्वतन्त्रता हनन् नगर्ने भन्दै नआत्तिन आग्रह गरेका छन् । उनले यति मात्र भनेनन् कि, पत्रकाहरुप्रति आफूले कुनै कटाक्ष नगरेको भन्दै फकाउने कोसिस समेत गरे ।

उनले लगातार सञ्चार माध्यमबाट आलोचना भएपछि आफूले त्यसको जवाफ मात्र दिएको बताए । ओलीले भने,‘उताबाट बलिङ गरेपछि यताबाट ब्याटिङ गर्नैपर्‍यो, चित्त नदुखाउनु होला ।’

प्रधानमन्त्री ओलीले सरकार सहकार्य गरेर अघि बढ्न तयार रहेको भन्दै सरकारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया