आइतबार, वैशाख १४, २०८२

वडाध्यक्ष धामी हत्याको छानबिनको माग गर्दै विनायक बजार बन्द

नेपालखोज २०७६ माघ २२ गते ८:१४

२२ माघ, अछाम । पञ्चदेवल नगरपालिकाका वडाध्यक्ष पदमबहादुर धामीको हत्याको निष्पक्ष छानबिनको माग गर्दै विनायक बजार बन्द गरिएको छ ।

मृतकका आफन्तले आज बुधबार बिहानैदेखि बजार बन्द गराएका हुन् । बजारमा यातायातका साधन र पसलहरु बन्द छन् । सडकमा टायर बालेर प्रदर्शन गरिएको छ ।

वडा नम्बर २ का वडाध्यक्ष धामीको हत्या भएको दुई दिन बितिसक्दा पनि आफन्तले शव बुझेका छैनन् । उनीहरुले अनुसन्धानमा प्रहरीले ढिलाइ गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया