अदुअआ (तेस्रो संशोधन) विधेयक, २०७६ विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय
नेपालखोज
२०७६ माघ २२ गते १६:०५
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरी विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेकोे हो ।
सम्बन्धित
प्रतिक्रिया