शुक्रबार, असोज ५, २०८०

अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रलाई महानगरको ३ करोड अनुदान

नेपालखोज २०७६ माघ २२ गते १९:००

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तर्राष्ट्रिय बौद्ध भावना केन्द्रको धम्महल भवन निर्माणका लागि ३ करोड १ लाख ६९ हजार २ सय रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । महानगरको वडा १० शंखमुलस्थित केन्द्रमा बुधबार आयोजना गरिएको कार्यक्रममा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले केन्द्रका अध्यक्षलाई चेक हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणपछि बोल्दै प्रमुख शाक्यले भने, ‘काठमाडौं महानगरपालिकाले भौतिक पूर्वाधार बिकास, सहरी सेवा व्यवस्थापन र सम्पदा पुननिर्माणसँगै आफ्नो क्षेत्रभित्रका सम्भावनाहरुको प्रवर्धनमा काम गरिरहेका छौं ।’ शाक्य भन्छन्, ‘महानगरभित्र बिशिष्ट क्षेत्रमा योगदान पु¥याउने क्षमताका व्यक्ति हुनुहुन्छ, संघसंस्थाले काम गरिरहेका, यस्ता व्यक्ति र संघसंस्थाको क्षमता बढाउन महानगरले सहयोग गरिरहेको छ ।’

महानगरले उपलब्ध गराएको सहयोग रकमबाट केन्द्रको बिकासका लागि ठूलो सहयोग पुगेको बताउँदै केन्द्रका अध्यक्ष प्रतिकरत्न ताम्राकारले केन्द्रको घरजग्गा कर मिनाहा गरिदिन आग्रह गरे । ‘हामी सामाजिक सेवा र बौद्ध दर्शनको प्रवर्धनका लागि काम गरिरहेका छौं, यसैको बिस्तारका लागि महानगरले ३ करोड रुपैयाँ आर्थिक अनुदान दियो । अब घरजग्गा करमा माफी गरिदियो भने ठूलो राहत हुनेथियो’ अध्यक्षले प्रतिकरत्नका भनाई थियो ।

२०४२ सालमा स्थापना भएको भावना केन्द्र करीब ७ रोपनी ६ आना ३ पैसा क्षेत्रफलमा फैलिएको छ । केन्द्रले बौद्ध परियन्ती शिक्षा अध्यापन गराउँदै आएको छ ।

प्रतिक्रिया