बिहीबार, असोज ४, २०८०

काठमाडौंकै सडक ४ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

नेपालखोज २०७६ माघ २३ गते ७:४०

२३ माघ, काठमाडाैं । संघीय राजधानी काठमाडौंकै सडकखण्ड ठेक्का सम्झौता भएको चार वर्षमा ६ किलोमिटर मात्र कालोपत्रे भएको छ ।

चावहिल–साँखु सडकखण्डमा निर्माण कम्पनी र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाको ढिलासुस्तीले चार वर्षमा पनि कालोपत्रे सम्पन्न हुन सकेको छैन ।

त्यस खण्डको कालोपत्रे सम्पन्न गर्न दबाब दिन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दुई वर्षको अवधिमा दुई भौतिक पूर्वाधार तथा यातायातमन्त्रीलाई लिएर अवलोकन गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भौतिकमन्त्री रघुवीर महासेठको स्थानमा केही महिनाअघि वसन्त नेम्वाङलाई नियुक्त गरेका छन् । नेम्वाङले त्यस क्षेत्रको अवलोकन गर्दै चाँडो काम सक्न निर्देशनसमेत दिएका थिए । यो समाचार आजको राजधानी दैनिकमा टेनिस रोकाले लेखेका छन् ।

प्रतिक्रिया