सोमबार, जेठ ७, २०८१

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६२ पुग्यो, २८ हजार संक्रमित

नेपालखोज २०७६ माघ २३ गते ८:०२

एजेन्सी । चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय ६२ पुगेको छ । चिनिया राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकअनुसार बुधबार आजसम्ममा यसबाट संक्रमित हुनेको संख्या २८ हजार नाघेको छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एकैदिन ३ हजार ६ सय ९४ जनामा देखिएको छ ।

हुबेई प्रान्तका स्वास्थ्य अधिकारीहरुले बुधबारमात्र ७० जनाको मृत्यु भएको जनाएका छन् । कोरोनाको इपिसेन्टर यो प्रान्तमा हालसम्म ५४९ जनाको मृत्यु भइसकेको छ ।

त्यहाँ बुधबार मात्रै २९ सय जनामा संक्रमण भेटिएको थियो भने हालसम्म हुबेईमा १९ हजार ६ सय ६५ जना संक्रमित भएका छन् भने ७६५ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

हालसम्म चीनमा ५६२, हङकङमा एक र फिलिपिन्समा एकजनाको मृत्यु भएको छ । यो भाइरस २५ देशमा फैलिएको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया