आइतबार, असार २९, २०८२

नेकपा काभ्रे जिल्ला नेता हरिदेव गिरीको शंकास्पद मृत्यु, ४ जना पक्राउ

नेपालखोज २०७६ माघ २३ गते ८:४०

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रे जिल्लाका नेता हरिदेव गिरी मृत अवस्थामा भेटिएका छन् । नयाँबानेश्वरको आलोकनगरमा मंगलबार राति उनको शंकास्पद मृत्यु भएको हो ।

डि क्याफे एण्ड किचन रेष्टुरेन्टमा गम्भीर अवस्थामा भेटिएपछि उनलाई उपचारका लागि अस्पताल लगिएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डीएसपी दुर्गाराज रेग्मीले बताए ।

राति १० बजेतिर सिभिल अस्पताल र्पुयाइए पनि उनलाई चिकित्सकले मृत घोषित गरेको डीएसपी रेग्मीले बताए । उनले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनले प्रकरणको अनुसन्धानका क्रममा ४ जनालाई नियन्त्रणमा लिइएको बताए ।

उनका अनुसार गिरीको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज र्पुयाइएको छ । प्रारम्भिक अनुसन्धानमा उनको टाउको, घाँटी र तीघ्रामा चोट देखिएको छ भने खुट्टाको हड्डी पनि भाँच्चिएको देखिएको डीएसपी रेग्मीको भनाइ छ ।

प्रतिक्रिया