शनिबार, असार २, २०८१

अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

नेपालखोज २०७६ माघ २३ गते ११:०९

२३ माघ, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका( बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् ।

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ ।

सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका उनको निजी सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपालको आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।”

भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताए ।

प्रतिक्रिया