कोरोन भाइरस : ज्यान गुमाउनेको संख्या ७ सय १७ पुग्यो, ३१ हजार बढी संक्रमित
नेपालखोज
२०७६ माघ २५ गते ७:३७
एजेन्सी । चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको छ । चीन सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार कोरोनाका कारण चीनमा ज्यान गुमाउनेको संख्या ७ सय १७ पुगेको हो ।
यस्तै, ३१ हजार २ सय जनामा कोरोनाको संक्रमण देखिएको छ । अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ । चीन बाहिर २५ देशका २ सय ७० जनामा पनि कोरोना को संक्रमण भएको पाइएको छ ।
यसैबिच, हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई आजदेखि १४ दिन क्वारेन्टाइनमा राख्ने भएको छ । चीनमा फैलिरहेको कोरोना भाइरसका कारण एकजनाको ज्यान गएको र २६ जनामा संक्रमण देखिएकाले आजदेखि चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हङकङले जनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया