सोमबार, वैशाख १०, २०८१

विमानस्थलमा कोरोनाको लक्षण जाँच्ने थर्मल स्क्यानर १० दिनमै बिग्रियो

नेपालखोज २०७६ माघ २६ गते ६:३३

२६ माघ, काठमाडाैं । प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँच्न त्रिभुवन विमानस्थलमा राखिएको थर्मल स्क्यानर १० दिनमै बिग्रिएको छ ।

कोरोना संक्रमण नेपालमा पनि एक व्यक्तिमा पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले १० माघदेखि विमानस्थलको हेल्थ डेस्कमा दुईवटा थर्मल स्क्यानर सञ्चालनमा ल्याएको थियो ।

एउटा स्क्यानर प्रयोगमा ल्याएको १० दिनमै बिग्रिएको हेल्थ डेस्क इन्चार्ज गोपाल पाण्डेले बताए । यो खबर नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया